बाँकेमा ५१ जना कोरोना संक्रमित डिस्चार्ज

बाँकेमा बिहीवार ५१ जना कोरोनामुक्त भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३६ पुरुष र १५ महिला कोरोनामुक्त भएका हुन् ।यससँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार २ सय ७८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

अब बाँकेका मात्र आइसोलेसनमा ५ सय ३४ जना र अन्य जिल्लाका १७ गरी ५ सय ५१ जना छन् । बाँकेमा हालसम्म २ हजार ८ सय ४१ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाको मृत्युु भइसकेको छ ।