खसीबोकाको मूल्य किलोको ५५० तोकियो

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोकाको बिक्री मूल्य निर्धारण गरेको छ । विगतका बर्षमा च्याङ्ग्रासमेत बिक्री गर्ने कम्पनीले यो वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागिय प्रमुख श्रीमणिराज खनालले आइतबार बसेको बैठकले जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ५५० रुपियाँ कायम गरेको जानकारी दिनुभयो ।

उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको उहाँले बताउनुभयो ।कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदर धान गोदाम)बाट खसी, बोको बिक्री शुरु गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ती खसी, बोकाको मूल्य निर्धारण गरिएको हो ।