लुम्बिनी प्रदेशकी उपसभामुखलाई कोरोना

अग्रणी स‌ंवाददाता

वुटवल । लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारूलाई काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपसभामुख थारूलाई मंगलबार संक्रमण पुष्टि भएकाे हाे । आफूमा काेराेना संक्रमण देखिएकाे थारूले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे हाे । असाेज २५ गते दिएकाे स्वाबकाे रिपाेर्ट मंगलबार पाेजेटिभ आएकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।

उपसभामुख थारूकाे सचिवालयका अनुसार उहाँमा काेराेनाका लक्षण देखिएका छैनन् । स्वास्थ्य अवस्था पनि सामान्य छ । आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन उपसभामुख थारूले अनुराेध गर्नुभएकाे छ ।

उपसभामुखसहित सचिवालयका ३५ जना सदस्यकाे रिपाेर्ट पाेजेटिभ आएको प्रदेश सभा सचिवालयले जनाएकाे छ । अझै केही सदस्यकाे रिपाेर्ट आउन बाँकी छ ।

असोज १९ र २० गते प्रदेश सभाकाे बैठक बसेकाे थियाे । असाेज २२ गते सभामुख पूर्ण बहादुर घर्ती, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, सांसद दधिराम आचार्य र डिल्ली चौधरीलाई कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

उहाँहरूमा संक्रमण देखिएपछि असाेज २५ गते सचिवालयका ९५ जनाकाे स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएकाे थियाे । तीमध्ये ३५ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे सचिवालयले जनाएकाे छ ।