संक्रमित १ लाख ९९ हजार ७६०, निधन ११४८, डिस्चार्ज १ लाख ६० हजार ५७७

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा २, उदयपुरमा ५, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ९३, ताप्लेजुङमा १, तेह्रथुममा २, सुनसरीमा ७८, धनुषामा १६, पर्सामा ५, बारामा १९, महोत्तरीमा १३, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा ११, सिरहामा १४, काठमाडौँमा ११ सय ४१, काभ्रेमा १०१, चितवनमा १६८, दोलखामा २४, धादिङमा ६, नुवाकोटमा २२ र भक्तपुरमा ८६ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरमा १२, रामेछापमा ६, ललितपुरमा १९३, सिन्धुपाल्चोकमा २०, सिन्धुलीमा ९, कास्कीमा ९४, गोरखामा २१, तनहुँमा ७, नवलपरासीपूर्वमा ४१, पर्वतमा ६, म्याग्दीमा ४, लमजुङमा ८, बागलुङमा ८, स्याङ्जामा २०, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ११, गुल्मीमा २७, दाङमा ४५, नवलपरासीमा १५, पाल्पामा २२, प्यूठानमा ४, बर्दियामा ३१, बाँकेमा २२, रुपन्देहीमा ८८, रोल्पामा १०, दैलेखमा ५, रुकुमपश्चिममा १, सल्यानमा २, सुर्खेतमा ४, हुम्लामा १, अछाममा ३, कञ्चनपुरमा १८, कैलालीमा ५४, डडेल्धुरामा ४, डोटीमा १, दार्चुलामा ३, बझाङमा १० तथा बैतडीमा ३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४ सय २० जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ८ सय ५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ६० जनाकाे पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ भने १ हजार ५८ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयले देशभर ४०४ जना कोरोना संक्रमितको आईसीयुमा र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ४५, प्रदेश २ मा १२ जना, बागमतीमा १८४, गण्डकीमा ७६, लुम्बिनीमा ६२, कर्णालीमा ८ र सुदूरपश्चिममा १७ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ।

यस्तै प्रदेश १ मा १५, प्रदेश २ मा २, बागमतीमा ५८, गण्डकीमा १५ र लम्बिनीमा ६ जना गरी ९६ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ। मनाङमा सक्रिय संक्रमितको संख्या शून्य छ।