किमाथांका नाका निरीक्षण गर्न प्रधानमन्त्री ओली सङ्खुवासभा जानुहुँदै

काठमाडौं, २६ कात्तिक-  प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदै हुनुहुन्छ। चीनसँग जोडिएको संखुवासभाको उत्तरी क्षेत्र  किमाथांका नाका निरीक्षणका  लागि प्रधानमन्त्री ओली संखुवासभा जना लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशुराम मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमसहितको टोलीसहित किमाथांका नाका निरीक्षण गर्ने कार्यक्रम रहेको सांसद राजेन्द्र गौतमले जानकारी दिनुभयो 

प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट अनुगमन गरी राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको समेत अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ । यस्तै ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको ड्याम साइड निरीक्षण गर्न पनि कार्यक्रम रहेको छ।

सांसद गौतमकाअनुसार प्रधानमन्त्री ओलीले सङ्खुवासभा जिल्लाका नेता कार्यकता, जनप्रतिनिधि र स्थानीयसँग भेटघाट तथा छलफल कार्यक्रम गर्ने र आजै दिउँसो ३:०० बजे काठमाडौं फर्किने कार्यक्रम रहेको  छ ।चक्रपथवाट