चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै

 

 

काठमाडौं । चिनियाँ रक्षा मन्त्री तथा स्टेट काउन्सिलर वेई फेङग आइतबार नेपाल आउनुहुने भएको छ । उहाँको भ्रमण हुने घोषणा परराष्ट्र मन्त्रालयले आज बिहान एक विज्ञप्ति जारी गरेर गरेको हो । उहाँ वरियतामा पहिलो नम्बरका स्टेट काउन्सिलर हुनुहुन्छ । त्यस अर्थमा पनि उहाँको भ्रमणलाई महत्वसाथ हेरिएको छ ।

नेपाल चीन दौत्य सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन रक्षा मन्त्री वेई आउन लाग्नुभएको हो । मन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान सेनापति पूर्णचन्द्र थापा लगायत उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

परराष्ट्र मन्त्रालयको विज्ञप्ति अनुसार उहाँको भ्रमण एक दिनको हुनेछ । चिनियाँ सञ्चार माध्यमहरुले जनाए अनुसार नेपालको भ्रमण सकेर आइतबार नै उहाँ बङगलादेश प्रस्थान गर्नुहुनेछ । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल आगामनपछि यो नै चीनको उच्चस्तरीय  हो  ।

भारतीय उच्च पदस्थहरुकाे नेपाल भ्रमण तारन्तार भइरहेकाे बेला चिनियाँ उच्च नेतृत्वकाे पनि भ्रमण हुन लागेकाे हाे ।