चार दिनभित्र अस्पतालमा हाजिर हुनु – स्वास्थ्य मन्त्रालय

काठमाडाैं । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई चार दिनभित्र खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेर आजदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएकाे छ । सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन मन्त्रालयले साे  निर्देशन दिएको हो ।

आजको दिनदेखि चार दिनभित्र खटाइएका अस्पताल नजाने चिकित्सकलाई सरकारको तर्फबाट भएको लगानी असुलउपर गर्ने समेत मन्त्रालयले चेतावनी दिएकाे छ । छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा बमोजिम खटाएको ठाउँमा जान निर्देशन दिइएकाे सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएकाे छ – सरकारी शिक्षण संस्थामा चिकित्सक छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६ ९१० को प्रावधानअनुसार मन्त्रालयसमक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध काठमाडौ‌ं, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अध्ययन संस्थान महाराजगञ्ज क्याम्पस महाराजगञ्ज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामा अनुसार खटाएको अस्पतालमा जानुपर्नेछ ।’