अध्यक्षमा टंकसिंह बुढाथोकि र कोषाध्यक्षमा सुशिल पोख्रेल निर्बाचित

 

घोराही, पुस २० । दाङ जिल्ला उद्याेेग बाणिज्य संघको अध्यक्षमा २ सय ४४ मतको अन्तरले टंकसिंह बुढाथोकि निर्बाचित हुनु भएको छ । यसअघि संघका उपाध्यक्ष भइसक्नु भएका बुढाथोकिले १ हजार २ सय ५७ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्बाचित हुनु भएको हो ।

नब निर्बाचित बुढाथोकिलाइ केपि ओलि पक्षका नेकपा दाङका सचिबालय सदस्य बिबेक श्रेष्ठ, नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेशका अध्यक्ष बलिभद्र राना, नेकपा दाङका जिल्ला सदस्य तथा ब्यबसायीका नेता धुर्बराज श्रेष्ठ भारिले माला र टिका लगाएर बधाइ तथा शुभकामना दिनु भएको थियो । बुढाथोकिका निकटतम प्रतिद्वन्द्वि बसन्त जोशीले १ हजार १३ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै संघका काेषाध्यक्ष सुशिल पोख्रेल निर्बाचित हुनु भएको छ । पोख्रेलले १ हजार २ सय ६३ मत ल्याइ कोषाध्यक्षमा बिजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्वन्द्वि धनपती शर्माले ९ सय ८५ मत ल्याइ पराजीत हुनु भएको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि दुई पदमा भएको मतदानमा ५६ प्रतिशत मत खसेको थियो ।सोमबार विहान आठ बजेदेखि भएको मतदानमा ५६ दशमलव १० प्रतिशत मतदाताले भाग लिएको निर्वाचन अधिकृत शिवप्रसाद घिमिरेले जानकारी दिए ।

कुल ४ हजार ३ सय ३८ मतदाता रहेको संघमा २ हजार ४ सय ३२ मत खसेको उनले बताए । कुल २१ सदस्यीय रहने नयाँ कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्ष पदबाहेक सबै पदमा सर्वसहमतिमा पदाधिकारी निर्विरोध चयन भइसकेको छ । तर, अध्यक्ष र कोषाध्यक्ष पदमा भने सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।

अध्यक्षमा वर्तमान उपाध्यक्षहरु टंकसिंह बुढाथोकी र बशन्त जोशी तथा कोषाध्यक्ष पदमा वर्तमान कोषाध्यक्ष सुशील पोख्रेल र सदस्य धनपति शर्मा चुनावी प्रतिपर्धामा उत्रिएका थिए । बुढाथोकी र पोख्रेलललाई कांग्रेस, नेकपा, राप्रपा सबै दलको साथ छ भने जोशी र शर्मा स्वतन्त्र उम्मेदवार हुन ।

निर्वाचन मण्डलले यस अघि सोमबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरेको भएपनि मतदाताको उत्साहजनक सहभागिता भएपछि बेलुकी साढे ६ बजेसम्म समय थप गरिएको थियो । मत गणना उद्योग वाणिज्य संघमा भएको थियो । मतदान पनि त्यही भएको हो । उनका अनुसार २ पदका लागि मात्रै मतदान भएको थियो ।