२७ वाणिज्य बैंकमध्येकी एक्ली सिइओ

 

 

काठमाडौ-  स्नात्तकोत्तर अध्ययन गर्दागर्दै ०४८ सालमा तत्कालीन ग्रिनलेज बैंक हालको स्टाण्डर्ड चार्टर्ड बाट बैंकिङ करियर शुरु गरेकी अनुपमा खुञ्जेली अहिले २७ वाणिज्य बैंक मध्यैकी एक्ली सिइओ हुन् ।

२९ वर्ष बैंकिङ क्षेत्रमा बिताइसकेकी खुञ्जेली हाल मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा कार्यरत छिन् । मुलुकको इतिहासमै प्रथम सीइओ खुञ्जेलीले महिला सीईओ भएर काम गरेको तीन वर्ष पुग्न लागेको छ । मेगा बैंकको सञ्चालक समितिले उनलाई ०७५ वैशाखमा बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । निजी क्षेत्रको वाणिज्य बैंकको इतिहासमा अनुपमा खुञ्जेली नै पहिलो कार्यकारी प्रमुख हुन् ।

खुञ्जेली गत वर्ष उत्कृष्ट महिला व्यवस्थापक समेत बन्न सफल भएकी थिइन् । उनलाई नेपाल व्यवस्थापन संघले ‘बेष्ट वुमन म्याजेजर अफ दि इयर’को रुपमा सम्मानित गरेको थियो । खुञ्जेली संगै त्यतिबेला हालका नविन बैंकका सीइओ अनिलकेशरी शाह र मेगा बैंकका डेपुटी सिईओ रविना देशराज श्रेष्ठले पनि आफ्नो करिअर शुरुवात गरेका थिए ।

त्यसपछि खुञ्जेलीलाई कहिल्यै पछाडी फर्केर हेर्नु परेन । अहिले मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीलाई वार्षिक १ करोड ७० लाख रुपैयाँ तलब भत्ता प्रदान गर्छ ।