सप्ताह ज्ञान महायज्ञको आयब्यय सार्बजनिक:

 

 

दिपेन्द्र बुढाथोकी
दाङ
घोराही उपमहानगरपालिका वडा नं ७ घुस्रा राधाकृष्ण टोल शिव मन्दिर प्राङगणमा लगाईएको श्रीमदभागवत धनधान्यान्चल ज्ञान महायज्ञ सम्पन्न भएको छ । गएको १५गते देखि २२गतेसम्म लगाईएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको आयब्यय एक कार्यक्रम गरी सार्बजनिक गरिएको छ।
ग्रामीण क्षेत्रमा लगाईएको श्रीमदभागवत सप्ताहमा दर्शनार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो। गाउलेहरूको पहलमा घुस्रा गाऊँमा पहिलोपटक सप्ताह लगाईएको हो ।स्थानीय समाजसेवी, बुद्धीजीवि र सर्बसाधारण गाउँलेहरुले भब्य एवं सभ्य तरिकाबाट अतिथिको स्वागत सम्मान गरेका थिय । संम्पूर्ण गाऊँलेहरूलाई बिभिन्न जिम्मेवारी दिईएको सप्ताहमा गच्छे अनुसारको दान गाऊँबासीहरूले गरेका थिए।

सप्ताह ज्ञान महायज्ञको कथा बाचन पंडित श्री कोमल उपाध्यक्ष ज्यू ले गर्नुभएको थियो । कथा श्रावणको लागि सबै क्षेत्रमा क्रियाशील महानुभावहरुको उल्लेखनीय उपस्थिति रहेको सप्ताह मूल आयोजक समितिले जनाएको छ।

सात दिनसम्म चलेको सप्ताह ज्ञान महायज्ञमा ३५ देखि ४० हजार भक्तजनहरूले कथा श्रावण गरेको मूल आयोजक समितिका संयोजक खोपेन्द्रराज शर्माले जानकारी दिनुभयो । ग्रामीण पर्यटनको बिकास र प्रचार प्रसारको लागी सप्ताह ज्ञान महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गरेको शर्माले दाबीसमेत गर्नुभयो । मूल आयोजक समितिले स्थानीय सरकार र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ।शिव मन्दिर प्राङगणमा निर्माण गरीने राधाकृष्ण मन्दिर र ग्रामीण पर्यटन प्रवर्द्धन को गुरूयोजना बनाई घोराही उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकार ज्ञापनपत्र बुझाउने तयारी गरेको आयोजक समितिले जनाएको छ।

सातदिन सम्म लगाईएको सप्ताहमा भक्तजनहरूले चढाएको दान बाट जम्मा नगद २६ लाख २९ हजार १सय५२रूपैयाँ संकलन भएको छ। जिन्सी र नगदी गरी सो रकम जम्मा भएको आयोजक समितिले जानकारी दिएको छ। सप्ताह ज्ञान महायज्ञको ब्यवस्थापनमा १५ लाख ८ हजार ३१रूपैयाँ खर्च भएको छ भने ११ लाख २० हजार ८३० रूपैयाँ बचत भएको मूल आयोजक समितिका सचिव तिलक आचार्यले जानकारी दिनुभयो । बचत रकमलाई सबैको सरसल्लाहमा राधाकृष्ण मन्दिर निर्माण कार्यमा खर्च गर्ने निर्णय भएको मूल आयोजक समितिका कोष संयोजक चित्रबहादुर खड्काले जानकारी दिनुभयो। राधाकृष्ण मन्दिर निर्माणमा सहयोग गर्न चाहने मनकारी भक्तजनहरूले सहयोग गर्न चाहेमा मेघा बैंकको खाता न १७२००५००२०९१ आर्थिक सहयोग गर्न खड्काले अनुरोध गर्नुभयो ।

सप्ताह ज्ञान महायज्ञ अबधिभर कथा श्रावणको लागि उपस्थिति हुनुभएका राजनीतिकदल, राजनीतिकर्मी,समाजसेवी, बुद्धिजिवी,उधोगी, ब्यापारी ब्यवसायी नागरिकसमाज पत्रकार तथा आम दाजुभाई दिदीबहिनीहरुलाई मूल आयोजक समितिले धन्यवाद ज्ञापन गरेको छ ।