‘मेलम्चीको कुरा चल्दा मेरो कपाल कालै थियो’ प्रधानमन्त्री

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी सुन्दरीजलमा खसेसँगै लामो सपना पुरा भएको बताउनु भएको छ । आज शनिबार मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा खसाल्ने कार्यक्रममा सम्बोधन गर्दै ओलीले सो कुरा बताउनुभएको हो ।

कुरा भएको त धेरै भयो,’ ओलीले भन्नुभयो, ‘कुरा चल्दा मेरो कपाल कालै थियो । पुरा हुँदा मेरो कपाल कतै कालो रहेन् ।’ आफ्नै पार्टीबाट काम हुन नदिएको सम्झदै उहाँले आफूले गरेको र आज त्यो प्रमाणित भएको बताउनु भयो।

‘लामो समयपछि सपना पुरा भएको छ,’ उहाँले अगाडी थप्नुभयो, ‘मुख्य उपलब्धी हासिल गरेका छौं । यसै सरकारका पालामा । कहिलेकाँही आफ्नै पार्टीबाट काम हुन दिएनन् भन्नुपथ्र्यो । अब त प्रमाणित भयो होला नि । दिन दिनै ठूला–ठूला शिलान्यास र उद्घाटन भइरहेका छन्।’

काठमाडौंलाई पानी दिनु भएकोमा प्रधानमन्त्रीओलीले सिन्धुपाल्चोकबासीलाई धन्यावाद दिनुभएको थियो।
प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव समूहलाई लक्षित गर्दै भन्नुभयो– साथीहरु जहाँ पायो त्यहीँ लड्डु खाने हैन, यस्तो बेलामा खानुपर्छ । खास खुशि भनेको यो हो ।’