आयोगले गर्याे सल्यानमा उपभोक्ता मावन अधिकारका लागि छलफल

सल्यान, ५ चैत ।

राष्ट्रिय मानव अधिकार आयोगले सल्यानमा उपभोक्ता मावन अधिकार विषयक छलफल र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सल्यानको कपुरकोट गाउँपालिकामा बुधबार जनप्रतिनिधी, कर्मचारी, मानव अधिकारकर्मी, उपभोक्ता, पत्रकार तथा व्यापारी, व्यवसायीसंग छलफल गरेको हो ।

दैनिक उपभोग्य वस्तुको सहज व्यवस्थापनका लागि र उपभोक्ताले गुणस्तरिय सेवाको उपभोग गर्न पाउनुपर्ने मौलिक हकको रक्षाका लागि मानव अधिकार आयोग तथा स्थानीय सरकारले नेतृत्वदायी र प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा आयोगका प्रवद्र्धन तथा वकालत महाशाखाका प्रमुख दिपेन्द्र बहादुर सिंहले उपभोक्ताका अधिकार, विक्रेता तथा सेवा प्रदायकको दायीत्व, बजार अनुगमन सम्बन्धी स्थानीय तहको अधिकारका विषयमा अभिमुखिकरण गर्नुभएको थियो ।
सरकारी अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै छलफलका सहभागीहरुले उपभोक्ता हित विरुद्ध वा ऐन, नियम विपरीत कार्य गर्ने वस्तु वा सेवा प्रदायकलाइ दण्ड जरिवाना गर्नुपर्ने बताएका थिए । अनुगमनको लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने भन्दै सहभागीहरुले उपभोक्तालाई सचेतना जगाउन र मिसावटयुक्त खाद्यान्न विक्रि भएको सुचना दिनेलाई पुरस्कृत गर्नुपर्ने सुझाव सहभागीहरुको थियो ।
राष्ट्रिय मावन अधिकार आयोग लुम्बीनी प्रदेश शाखा नेपालगञ्जका प्रमुख झंकर बहादुर रावलले उपभोक्ता अधिकारको अनुगमन र यस सम्बन्धमा परेका उजुरीहरु उपर निरन्तर अनुगमन र अनुसन्धान गर्दै आएको बताउनुभयो । कार्यक्रम कपुरकोट गाँउपालीका प्रमुख भिम बहादुर सेनको प्रमुख आतीथ्यतामा भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नं ५ का वडा अध्यक्ष यम कुमार वस्नेत, सामुदायीक वन उपभोक्ता महासंघ कर्णालीका अध्यक्ष घनश्याम शर्मा, मानव अधिकारकर्मीहरु जीत प्रसाद आचार्य, देवेन्द्र कुमार सेनले बोल्दै बजार अनुगमन गर्ने केन्द्रीय, जिल्ला र स्थानीय तहका संरचनाहरुमा समन्वय, सहकार्य र एकरुपता हुन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगले कर्णालीका विभिन्न जिल्लामा मावन अधिकार रक्षक अभिमुखिकरण संगै यस प्रकारका कार्यक्रम गर्दै आएको छ । सल्यानको खलंगा, रुकुमको चौरजहारी र जाजरकोटको खलंगामा पनि मानव अधिकार रक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको थियो । आयोगको केन्द्रीय कार्यालयका प्रशासन महाशाखा प्रमुख घनश्याम भण्डारीका अनुसार सुर्खेतको विरेन्द्रनगरमा कर्णाली प्रदेशभरीका प्रतिनिधीहरुलाई पनि अभिमुखिकरण गरिएको थियो ।