समानुपातिक सांसदमा जानकीदेवी

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा सिरहाकी जानकीदेवी रामलाई निर्वाचित गर्ने भएको छ ।

एमाले केन्द्रीय कमिटीको बैठकबमोजिम समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्वरमा रहनुभएकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको हो । दलित महिलाबाट उम्मेदवार रहेकी जानकीदेवीलाई सांसद पद मिल्न लागेको रोलक्रमबाट भने होइन । एमालेको बन्द सूचीमा ८६ औं नम्वरमा रहनुभएकी इलामकी सानु शिवा समानुपातिक सांसद बन्नुभएकाो थियो।

उहाको गत वर्ष निधन भएपछि रिक्त रहेको सांसद पदमा ८७ नम्वरकी धनकुमारी सुनारको पालो आउने थियो । तर, सुनार यसयअघि नै एमाले छाडेर डा बाबुराम भट्टराईको पार्टीमा लागेकाले उहाको नाम बन्द सूचीबाट हटाउने निर्णय समेत एमालेले गरेको छ । जानकीदेवी राम निर्वाचित भएपछि प्रतिनिधिसभामा एमालेको सांसद १२१ जना कायम हुनेछन् ।