धरहरा वैशाख ११ मा

काठमाडौं । धरहरा वैशाख ११ उद्घाटन हुने भएको छ । २०७२ सालको भुकम्पले भत्किएको धरहराको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गर्ने भएका हुन् ।
६ वर्षअघि भूकम्प आएर धरहरा ढलेको ठिक ६ वर्षमा यसको नयाँ स्वरुपमा धरहरा बनाइएको छ । पुनर्निमाण प्राधिकरणका सीइओ सुशील ज्ञवालीका अनुसार अहिलेको संरचनालाई भूकम्पले ढाल्न नसक्नेगरी बनाइएको छ । । भूकम्पले ढाल्न नसक्ने गरी निर्माणमा सबै प्रविधिहरु अपनाइएको प्राधिकरणले जनाएको छ । अब टुप्पोमा बस्दा डराउनुपर्ने हुँदैन उहाँले भन्नुभयो ।
पहिला ७ रोपनीमा फैलिएको धरहरा अहिले ४२ रोपनीमा फैलिएको छ। धरहरा क्षेत्रमा मुख्य टावरसँगै अन्य संरचनाहरु पनि बनाइएका छन् ।

११ गते मुख्य टावरको उद्घाटन हुने भएपनि अन्य संरचनाहरु भने सकिन केही समय लाग्ने प्राधकिरणले जनाएको छ । नवनिर्मित धरहराभित्र लिफ्ट पनि राखिएको छ । लिफ्ट प्रयोग गर्न नचाहनेहरुले भर्‍याङ उक्लेर पनि जान सक्ने व्यवस्था छ ।
धरहराको माथिल्लो भागमा बसेर आराम गर्न सकिन्छ । भुकम्पले भत्काएको धरहराको ठूटो नचलाइकन नयाँ संरचना बनाइएको हो । पछिसम्म स्मृतिको लागि त्यो ठूलोलाई यथावत् राखिएको ज्ञवालीले बताउनुभयो ।