घोराहीमा कृषिजन्य औजारको सुपथ पसलको शुरुवात

दाङ, बैशाख १७ । दाङको घोराहीमा कृषि उपकरण र औजारजन्य सुपथ पसलको शुरुवात गरिएको छ । घोराहीको शहिद गेटदेखि दक्षिणतिर जेसिज रोड नयाँ युगबोध राष्ट्रिय दैनिक घरमा मा सञ्चालनमा आएको ॐ ट्रेडर्स एण्ड सप्लायर्सको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकीले हालै एक कार्यक्रमकाबिच उदघाटन गर्नुभयो । पसलको उदघाटन गर्दै उहाले नविनतम सोचका साथ थालिएको उक्त पसलबाट स्थानीयले लाभ दिन सक्ने गरी काम गर्नुपर्ने सुझाव दिनुभयो ।

ध्रुवराज पौडेलले शुरुवात गर्नु भएको उक्त पसलमा बिभिन्न प्रकारका कृषि औजार, ग्रील, फर्निचर, चेन– स (रुख काट्ने आरी,) मेसिन तथा टुल्स ग्रिडर मेसिन, रन्दा मेसिन, इलेक्ट्रिक मोटर पम्प, मोटर सिचाइ पाइप, राइस मिल, कम्वाइन मिल, बि पुल्लि ड्रिल मसिन तथा सम्पूर्ण मेशिनरी पार्टस पाइन्छ । यसका साथ पसलमा हार्डवयरका सामाग्रीहरु पावर टुल्स, ह्याण्ड टुल्स, सिकर्मी, डकर्मी ज्यावलहरु मिक्चर समेत पाइने पसलका प्रोपाइटर ध्रुवराज पौडेलले जानकारी दिनुभयो । करिव ३० लाख रुपैयाको लगानीमा शुरु गरिएको आफ्नो पसलबाट किसान तथा अन्य लक्षित वर्गलाई होलसेलकै सुपथ मूल्यमा औजार लगाएत विभिन्न एसोसेरिज सामानहरु उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको पौडेलले बताउनुभयो ।