माधव पक्षीय सांसद हिराचन्द्र केसीले राजीनामा नदीने

दाङ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताउनु भएको छ । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षकालागि सांसद बनाएकाले बीचमै राजिनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताउनुभयो ।
‘हामीलाई ५ वर्षका लागि जनताले चुनेर पठाएका हुन्, कसैको स्वार्थसिद्धिका लागि म जनमतको अपमान म गर्दिन,’ केसीले भन्नुभयो पार्टी भित्र अध्यक्ष केपी ओलीले गरेका केही गलतको बिरोध गरे पनि आफू पार्टी हित बिपरित नलाग्ने उहाको भनाई छ ।

आज घनश्याम भुसालले फोनमा राजीनामा दिन भनेको र आफूले राजीनामा नगर्ने जवाफ दिएको केसीले बताउनुभयो । उहाँले एमाले भित्रै रहेर अन्तरसंघर्ष गर्नुपर्ने तर, राजीनामा वा फ्लोर क्रस गरेर राजनीतिक भविष्य बर्बाद पार्न नहुने बताउनुभयो ।आफ्नै पार्टीको सरकार ढाल्न सांसदबाट राजिनामा दिनु राजनीतिक अपराध भएको केसीको दावी छ । नेपाल पक्षबाट राजीनामा दिने भनिएका सांसदको सुचीमा केसीको नाम पनि छ ।